दूध अभावमा तीन महिनादेखि चितवन मिल्क उद्योग बन्द
lokaantar.com

दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ । डेरी र सहकारीहरूले ल्याएको दूध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दूध नआएपछि बन्द भएको हो ।
उद्योगले डेरी र सहकारीहरूले ल्याएको दूध निश्चित शुल्क लिएर प्रशोधन गर्दै आएको थियो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत वर्ष असार र साउनमा मात्र दूध अभावका कारण उद्योग बन्द हुने गरेको भए पनि यस वर्ष वैशाखदेखि नै उद्योग बन्द भएको हो । उद्योगमा डेरी र सहकारीले राखेको नौनी र पाउडर दूध सकिने अवस्थामा पुगेको छ । नौनी खासै मौज्दात नरहेको र पाउडर दूध एक हजार बोरा मात्रै बाँकी रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)