सर्लाहीमा ३ क्विन्टलभन्दा बढी गाँजा बरामद
annapurnapost.com · Sat Jul 25 15:22:31 GMT 2026

मलङ्गवा : सर्लाहीको बलरा नगरपालिका-७ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। स्थानीय भोला सिंहको कुखुरा फर्ममा पिकअपबाट अनलोड हुँदै गरेको अवस्थामा प्रहरीले ३ सय ३० किलो लागुऔषध गाँजा र १३ क्विन्टल अदुवा बरामद गरेको हो।
बा प्र ०१-०२६ च २८८६ को पिकअपमा राखिएको गाँजा अनलोड भइरहेको सूचना आएपछि प्रहरी फर्ममा पुगेका थिए। चेकजाँच गर्दा २६ बोरामा अदुवा र १९ पोकामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)