भोटेकोशी बाढी : विपद्मा नेपाललाई अन्तर्राष्ट्रिय साथ
kathmandupati.com · Sun Aug 30 03:24:54 GMT 2026

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएको छ । सरकार उच्च प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा पुनस्थापनामा जुटिरहेको छ । यस्तो विषम अवस्थामा स्वदेश र विदेश तथा विभिन्न संस्था र व्यक्तिबाट सरकारलाई सहयोग प्राप्त हुन थालिसकेको छ ।
हालसम्म केही देश, व्यक्ति तथा संस्थाले सहयोग गरिसकेको छ भने केहीले सहयोगको प्रतिबद्धता स्वरुप रकम घोषणा गरिसकेका छन् । अर्थमन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार हालसम्म एशियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि पाँच मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेको छ । यो रकम अनुदान हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)