रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
techpana.com · Sat Jul 25 15:45:21 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय चर्चामा रहेको रोल्पाका तीन बालिकाको भिडिओ लाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा सचेतनाका लागि प्रयोग गरेको छ । वर्षाको समयमा रेनकोट ओढेर विद्यालयबाट घर फर्किंदै गरेका बालिकाहरूको उक्त भिडिओ प्रयोग गर्दै ट्राफिक प्रहरीले सचेतनामूलक सामग्री तयार पारेको हो ।
भिडिओमा ती बालिकाहरूले क्रमशः पहेँलो, हरियो र गुलाबी रङको रेनकोट ओढेको देखिन्छन् । ट्राफिक प्रहरीले बालबालिकाको पहिरनको रङलाई सडकमा प्रयोग हुने ट्राफिक लाइटसँग तुलना गर्दै सचेतना सन्देश प्रवाह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)