गीत–संगीतले नेपाली समाजको भावना र इतिहास बोकेको छ : सभामुख
aarthiknews.com

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कला नेपाली समाजको भावना, इतिहास र पहिचानको आधार भएको बताएका छन्। शनिबार वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्ती तथा ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली गीत–संगीतले समाजको सुख–दुःख, प्रेम, सामाजिक चेतना र राष्ट्रिय भावनालाई सशक्त रूपमा अभिव्यक्त गरेको बताए।
कार्यक्रममा यस वर्षको छिन्नलता गीत पुरस्कारबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ विशेष सम्मानबाट सम्मानित भए। साथै डा. नवराज लम्साल (गीत रचना), किरण कँडेल (संगीत सिर्जना), बिमला राई (गायन) र सारिका घिमिरे (युवा प्रतिभा)लाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)