चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
ratopati.com · Sat Jul 25 16:07:06 GMT 2026

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ । विगत तीन आर्थिक वर्षमा फैसला कार्यान्वयनको क्रममा फरार प्रतिवादी पक्राउ पर्नेको सङ्ख्या बढ्दै गएको छ।
प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि गत आर्थिक वर्षमा ८७७ जना पक्राउ गरी जिल्ला अदातलमा पेस गरेको छ । पक्राउ परेकाबाट फैसला कार्यान्वयनका लागि १२२ वर्ष आठ महिना २० दिन कैद र रु छ करोड ७६ लाख ४७ हजार ६१९ जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)