एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्रिविले गुहार्यो साइबर ब्युरो
lokaantar.com

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय (डीनको कार्यालय) ले एमबीएस प्रथम सेमेस्टरको परीक्षासँग सम्बन्धित प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको विषयमा आवश्यक छानबिन गरी कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरेको छ।
व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईले शनिबार साइबर ब्युरोलाई पत्राचार गर्दै एमबीएस प्रथम सेमेस्टरको MGT 515: Organizational Behavior विषयको प्रश्नपत्रसम्बन्धी सामग्री विभिन्न ह्वाट्सएप समूहमा पोस्ट गरिएको जानकारी साउन ८ गते राति करिब १० बजे 'टीयू स्टुटेन्ट' नामक फेसबुक आईडीमार्फत प्राप्त भएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)