१ साउनदेखि १ रुपैयाँको नोट हट्यो, नयाँ स्वरुपमा १ र २ रुपैयाँका सिक्का चलन चल्तीमा
aarthiknews.com

काठमाडौं । सरकारले २०८३ साउन १ गतेदेखि १ रुपैयाँको कागजी नोट प्रचलनबाट हटाउने निर्णय गरेको छ। तर १ रुपैयाँ र २ रुपैयाँका सिक्का भने पूर्ण रूपमा वैध मुद्रा भएकाले सबैले कारोबारमा स्वीकार गर्नुपर्ने जानकारी दिइएको छ।
सार्वजनिक सन्देशमा नेपाली सिक्कालाई केवल कारोबारको माध्यम मात्र नभई राष्ट्रिय सार्वभौमिकता, नेपाली पहिचान र राष्ट्रिय स्वाभिमानको प्रतीकका रूपमा समेत चित्रण गरिएको छ। सिक्कामा नेपालको चुच्चे नक्सा, आकाश भैरवको आकृति तथा अन्य राष्ट्रिय चिनारी अंकित भएकाले यसको संरक्षण र प्रयोगलाई महत्व दिनुपर्ने सन्देश दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)