भोटेकोशी बाढीको प्रभाव चितवन आइपुग्दा घट्यो
nagariknews.nagariknetwork.com · Sun Aug 30 03:16:12 GMT 2026

भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव अहिले चितवन आइपुग्दा घटेको छ। त्रिशूली नदी हुँदै बिहान ७ः०० बजे बाढी मुग्लिन कटेको थियो।
बाढी पूर्वानुमान महाशाखाका ‘हाइड्रोलोजिष्ट’ सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव बाढी आउनुअघिको भन्दा तीनदेखि तीन दशमलव पाँच मिटर बढेको छ। आजको बाढी नारायणीमा मिसिएपछि दुईदेखि दुई दशमलव पाँच मिटर बहाव बढ्ने उनको अनुमान छ। नारायाणी नदीको देवघाटमापन केन्द्रमा बाढी आउनुपूर्वको बहाव छ मिटर रहेको र सो स्थानमा पानीको बहाव नौ मिटर पुगेपछि खतरोन्मुख हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)