प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग
nepalnews.com · Sat Jul 25 17:26:33 GMT 2026

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत् प्राधिकरणले मासिक रुपमा खपत भएको विद्युत्को रिडिङका आधारमा विलिङ गर्दै आएकाले असार १ गतेदेखि ३२ गतेसम्मको खपतको विलिङ २०८३ साउन १ गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)