नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
ratopati.com · Sat Jul 25 17:40:27 GMT 2026

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीको निर्देशनपछि नक्सालस्थित नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचना तथा पूर्वाधार सुधार कार्य सुरु गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आज आयोजना प्रमुख, निर्माण कम्पनी तथा प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माण कार्यबाट पुनः संरचनाको औपचारिक सुरुआत गरिएको मन्त्री वादीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)