रसुवामा बाढीले ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुलमा क्षति
nepalviews.com · Thu Aug 27 12:23:20 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको छ। यस्तै, पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएपछि यातायात अवरुद्ध भएको छ। अहिले लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कामलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)