त्रिशूलीमा बाढी : धादिङमा आज बिहान ४ घर बगायो
annapurnapost.com · Sun Aug 30 03:51:01 GMT 2026

धादिङ : त्रिशूली नदीमा आज बिहान बाढी आउँदा धादिङको गल्छी गाउँपालिका-४ चिरौदीका ४ वटा घर बगाएको छ। प्रहरीका अनुसार बाढीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बगाएको हो। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।
यसैबीच, त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)