सर्वोत्कृष्ट उद्यमी पुरस्कृत
ratopati.com · Sun Jun 28 14:31:02 GMT 2026

गुल्मी । रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सर्वोत्कृष्ट उद्यमीलाई रु एक लाख पुरस्कारसहित सम्मान गरेको छ ।
रेसुङ्गा नगरपालिका–१० सिमीचौरका कृषक विनबहादुर कुँवरलाई नगरपालिकाले सर्वोत्कृष्ट उद्यमी घोषित गर्दै रु एक लाख नगद पुरस्कारबाट सम्मान गरेको हो । दुई दशकभन्दा लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका कुँवर १३७ जना उद्यमीमध्ये सर्वोत्कृष्ट उद्यमीमा छनोट भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)