बयालिस जना अझै सम्पर्कविहीन
gorkhapatraonline.com · Sun Aug 30 04:03:57 GMT 2026

रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार आएको बाढीपछि परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका काभ्रेपलाञ्चोकका ४१ जना अझै सम्पर्कमा आउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बाढीपछि ५९ जना सम्पर्कविहीन भएकोमा १८ जना परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार विभिन्न कामको सिलसिलामा रसुवा तथा नुवाकोट पुगेका काभ्रेली परिवारको सम्पर्कमा नआएपछि आफन्तले प्रशासन कार्यालयमा विवरण टिपाएका हुन् । सम्पर्कविहीन हुनेमा चालक, हाइड्रोपावरमा कार्यरत कर्मचारी, होटेल व्यवसायी, व्यापारी तथा कामको सिलसिलामा रसुवा–नुवाकोट पुगेका व्यक्ति रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)