विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु
annapurnapost.com · Sun Aug 30 03:59:34 GMT 2026

विराटनगर : विराटनगरमा विद्युत्को तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ का अन्दाजी ४५ वर्षीय मनोजकुमार राजवंशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राजवंशी विराटनगर–१३ स्थित साल्ट ट्रेडिङ नजिकै सुरेन्द्र थापाको घरमा डेरा गरी बस्दै आएका थिए। कोठामा मुसाले काटेको वाइरिङको तार जोड्ने क्रममा शनिबार राति करिब ११:३० बजेतिर उनलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)