कम्युनिष्ट एकतामा ढिलाइ गरे भयानक दुर्घटना हुन्छः प्रचण्ड
nepalnews.com · Sun Jun 28 14:45:41 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्।
आइतबार मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा प्रचण्डले कुनै पनि विचार वा नीति सर्वकालिक नहुने भन्दै समयअनुसार त्यसको मूल्याङ्कन र विकास आवश्यक हुने बताए। प्रण्डले ०७४ सालको निर्वाचनअघि यही हलबाट तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कार्यगत एकता र पछि पार्टी एकताको घोषणा गरिएको स्मरण गर्दै अहिले पनि दुई पार्टीका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु अर्थपूर्ण रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)