‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई
barnanmedia.com · Sat Jul 25 23:39:10 GMT 2026

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ कास्कीका खेम सारुमगर र स्याङ्जाका गोपाल जिटीलाई प्रदान गरिने भएको छ । फोनिजका सङ्घीय सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पुरस्कारका लागि उहाँहरूको नाम सिफारिस गरेको हो । पुरस्कारको राशि जनही रु २५ हजार र सम्मानपत्र छ ।
सारूमगर सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र पोखरामा कार्यरत हुनुहुन्छ । स्याङ्जाका जिटी प्रमाण मिडिया ग्रुप प्रालिअन्तर्गतको प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत हुनुहुन्छ । फोनिज स्थापना दिवसका अवसरमा यही साउन २१ गते पोखरामा आयोजना हुने समारोहमा पुरस्कार प्रदान गरिने फोनिज गण्डकीका अध्यक्ष खिमा गुरुङले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)