काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो
barnanmedia.com · Sat Jul 25 23:35:53 GMT 2026

पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडिबी)को रु ४६ अर्ब ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ ।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । आयोजना पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजित छ । पूर्वी खण्डमा काँकरभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर तथा पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)