नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
baahrakhari.com · Sun Jun 28 14:52:13 GMT 2026

चन्द्रपुर (रौतहट) । रौतहटको वाग्मती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।
आइतबार दिउँसो वाग्मती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१, समनपुर हरैयाका भन्टु राय यादवको आठ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए । दुवै बालक नुहाउनका लागि गाउँ नजिकैको वाग्मती नदीमा गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)