देशभर मनसुन सक्रिय, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना
shilapatra.com · Sun Jul 26 00:23:00 GMT 2026

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
महाशाखाले देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने र तराईका भू-भागमा आंशिक बदली रहने जनाएको छ । हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)