मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा
nepallive.com · Sun Aug 30 04:18:00 GMT 2026
काठमाडौं– अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको लागि मंगोलियाका राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा प्रतिस्पर्धा गर्न अन्नपूर्णले मंगोलियाका स्टार स्पाइकर उरानबायरलाई आफ्नो टोलीमा भित्र्याएको हो। उरानबायर अन्नपूर्णले एनभीएलका लागि अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)