४६ अर्ब लगानीको काँकडभिट्टा–लौकही सडकमा धमाधम कालोपत्रे हुँदै
clickmandu.com · Sun Jul 26 01:40:14 GMT 2026

भद्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडिबी)को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ ।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । आयोजना पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजित छ । पूर्वी खण्डमा काँकरभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर तथा पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)