नेपाल–भारत विपत् सूचना प्रणाली सक्रिय बनाउन पहल
gorkhapatraonline.com · Sun Aug 30 04:28:30 GMT 2026

निष्क्रिय रहेको नेपाल–भारत विपत् सूचना प्रणाली सक्रिय बनाउन बैतडीका प्रमुख जिल्ला अधिकारीले पहल सुरु गर्नुभएको छ । शनिबार गोरखापत्रमा ‘महाकाली नदी तटीय क्षेत्रमा हुने सम्भावित बाढीपहिरो र डुबानको सूचना दिन नागरिकस्तरमा गठन गरिएका पूर्वसूचना प्रणाली निष्क्रिय बनेको’ विषयमा समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी मीना अर्यालले महाकाली नदी तटीय समुदायका मानिसलाई विपत्बाट बचाउन दार्चुलादेखि कञ्चनपुरसम्म गठन भएका १३ वटा संयुक्त पैरवी मञ्च गठन गर्ने संस्थासँग सम्पर्क गरेर विस्तृत जानकारी लिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)