२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२०९ जनालाई कारबाही
arthadabali.com · Sun Jul 26 02:24:13 GMT 2026

काठमाडौँ / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २०९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९६, राइड सेयरिङमा ५०, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १४३, हर्न निषेधमा ५६, लेन क्रसमा २१, अवस्था ठिक नभएको ४३, एकतर्फीमा २५ अन्यमा ७२४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)