विदेशमा ‘पोस्ट-स्टडी वर्क भिसा’ पाउनै मुस्किल, पढाइ सकिएपछि नेपाली विद्यार्थी घर फर्किन बाध्य
corporatenepal.com · Sun Jul 26 02:19:26 GMT 2026

काठमाडौं । उच्च शिक्षा हासिल गर्ने उद्देश्यले अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, जापान र दक्षिण कोरियालगायत देश पुगेका केही नेपाली विद्यार्थी अध्ययन पूरा गरेपछि ‘पोस्ट–स्टडी वर्क भिसा’ वा अर्को उपयुक्त भिसा प्राप्त गर्न नसक्दा नेपालै फर्किन बाध्य भएका पाइएको छ । अध्ययन पश्चात् सम्बन्धित देशमै वर्क भिसा प्राप्त गर्ने अभिलाषा बोकी धेरै विद्यार्थी विदेश पुगे तापनि अध्ययनपछि उपयुक्त भिसा प्राप्त गर्न नसक्दा नेपाल फर्किनु पर्ने अवस्था देखिएको सराेकारवाला निकायका अधिकारीहरूले बताएका छन् ।
अधिकांश विद्यार्थीको योजना पढाइसँगै केही वर्ष काम गरेर अन्तर्राष्ट्रिय अनुभव बटुल्ने, ऋण तिर्ने र करिअर बनाउने हुन्छ । तर, पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि थप भिसा दिन उक्त देशले आनाकानी गर्न थालेपछि विद्यार्थीलाई थप समस्या हुने देखिएको छ । यद्यपि, कुनै पनि देश पुग्ने नेपाली विद्यार्थी सबैलाई भिसा थप्न अस्वीकार गरिएको भने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)