काभा पुरुष भलिबल च्याम्पियनसिप: नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै
nepalviews.com · Sun Jul 26 02:40:16 GMT 2026
काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो चौथो खेलमा बङ्गलादेशको सामना गर्दैछ। इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ। प्रतियोगिताको सेमिफाइनल समीकरणका लागि नेपाललाई यो खेल अत्यन्तै महत्त्वपूर्ण बनेको छ।
प्रतियोगितामा अहिलेसम्म लगातार तीन खेल गुमाइसकेको नेपाल २ अङ्कका साथ तालिकाको पुछारमा छ। यसअघिका खेलहरूमा कजाखस्तान र श्रीलङ्कासँग पाँच सेटसम्म सङ्घर्ष गरे पनि नेपाल पराजित भएको थियो भने दुवै खेलबाट समान १–१ अङ्क जोड्न सफल भएको थियो। तेस्रो खेलमा भने नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)