'एक पटकको नेपाली, सधैँको नेपाली' सरकारको नीति, ढुक्क भएर नेपालमा लगानी गर्नुस् : अर्थमन्त्री वाग्ले
aarthiknews.com

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "एक पटकको नेपाली, सधैँको नेपाली" सरकारको स्पष्ट नीति रहेको भन्दै प्रवासमा रहेका नेपालीलाई ढुक्क भएर नेपालसँगको सम्बन्ध कायम राख्न र लगानी विस्तार गर्न आग्रह गरेका छन्।
अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूले आयोजना गरेको सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीहरू सरकारका विकास र लगानी विस्तारका सद्भावना दूत भएको बताए। 'एक पटकको नेपाली, सधैँको नेपाली' भन्ने हाम्रो मान्यता स्पष्ट छ। ढुक्क हुनुहोस्, तपाईंहरू सधैँ नेपाली नै हुनुहुन्छ,' उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)