टिमुरे र मैलुङ टनेलबाट १०५ जनाको हवाई उद्धार
ratopati.com · Thu Aug 27 06:02:19 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सबैभन्दा धेरै प्रभावित रसुवाको टिमुरे क्षेत्रबाट सेनाले ९८ जनालाई उद्धार गरेको छ । बिहीबार बिहान १५ जना विदेशी नागरिक सहित ९८ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सैनिक हेलिकप्टरमार्फत रसुवाको उत्तरगया र आमा छेदुङ गाउँपालिकामा पर्ने निर्माणाधिन त्रिशुली–२ हाइड्रोपावरको मैलुङ टनेलबाट ७ जनाको उद्धार गरिएको छ । २१६ मेगावाट क्षमताको सो हाइड्रोपावर निर्माणाधीन अवस्थामा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)