इरान वार्तामा हतार छैन : ट्रम्प
nepalnews.com · Thu Aug 27 06:03:49 GMT 2026

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य गर्न वार्तामा फर्कन तेहरानलाई कुनै निश्चित समयसीमा नतोकिएको बताएका छन्। उनले आफू वार्ता पुनः सुरु गर्न हतारमा नरहेको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गरेका छ।
राष्ट्रपति ट्रम्पले इरानलाई वार्तामा फर्कन कति समय दिइएको भन्ने प्रश्नमा आफूले कुनै समयतालिका नबनाएको बताए। उनले अमेरिकाले ‘धेरै ठूलो जित’ हासिल गरिरहेको दाबी गर्दै इरानको उच्च मुद्रास्फीति र कमजोर बन्दै गएको अर्थतन्त्रतर्फ संकत गरे। सैन्य आक्रमण वा आर्थिक उपायमध्ये कुन प्रभावकारी छ भन्ने प्रश्नमा उनले दुवै प्रभावकारी रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)