रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन
khabarhub.com · Sun Aug 30 04:32:09 GMT 2026

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका विभिन्न क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको जनाएको छ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनबाट २५९, नवलपरासी पूर्वबाट १४८, नवलपरासी पश्चिमबाट ८२, नुवाकोटबाट ५२, धादिङबाट ५०, गोरखाबाट ४८, तनहुँबाट ३६ र रसुवाबाट १३ जनाको शव भेटिएको छ। यस्तै २४२ जना घाइतेको उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)