नेपाल आज बंगलादेशविरुद्ध पहिलो जितको खोजीमा
neplays.com · Sun Jul 26 03:52:00 GMT 2026
काठमाडौं। काभा पुरुष भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले आज आफ्नो चौथो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। इस्लामाबादस्थित लियाकत जिम्नेसियममा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ।
नेपाल यसअघि खेलेका तीनै खेलमा पराजित भएको थियो। पहिलो खेलमा काजाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा श्रीलंकासँग पाँच सेटसम्म पुगे पनि हार बेहोर्न बाध्य भयो। त्यसपछि तेस्रो खेलमा पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)