लुम्बिनीमा कांग्रेस मन्त्रीले सामूहिक राजीनामा दिँदै
himalpress.com · Sun Jul 26 03:57:11 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका मन्त्रीले आज लुम्बिनी प्रदेश सरकारबाट सामूहिक राजीनामा दिने भएका छन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि उनीहरु सरकारबाट बाहिरिन लागेका हुन्। यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो। तर लुम्बिनीमा कांग्रेसबाट मन्त्री भएकाहरुले राजीनामा दिएका थिएनन्।
शनिबार मात्रै एमाले र नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई नैतिक दबाब परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)