भोटेकोशीको बाढीले क्षतिग्रस्त सडक खुलाउन के छ सरकारको तयारी ?
kendrabindu.com · Thu Aug 27 12:27:05 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवामा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । बाढीका कारण वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा ठूलो क्षति पुगेको पूर्वाधार विकास मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको हो ।
त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत अवरुद्ध भएको छ । पृथ्वीराजमार्गको करिब १३ किलोमिटर सडक लेदोले पुरिएपछि त्यसलाई हटाएर यातायात सञ्चालनमा ल्याउने कामलाई सरकारले प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)