वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह
gorkhapatraonline.com · Thu Aug 27 12:27:35 GMT 2026

काठमाडौँ, भदौ ११ गते । गोसाइँकुण्डबाट काठमाडौँ फर्किने पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न नेपाल सरकारले आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई धुञ्चेतर्फको बाटो प्रयोग नगर्न आग्रह गरेको हो । मन्त्रालयका अनुसार विकल्पको रुपमा गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौँ हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)