बैतडीमा ट्राफिक कारवाहीबाट १२ लाख ९८ हजार राजस्व संकलन
nepalnews.com · Sun Jul 26 04:06:46 GMT 2026

सुदूरपश्चिम। बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लंघनकर्ताबाट रु १२ लाख ९८ हजार राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षमा संकलन गरिएको हो।
उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्यांकर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)