नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
barnanmedia.com · Sun Jun 28 15:00:56 GMT 2026

रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।
आज दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवको आठ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो । दुवै बालक नुहाउनका लागि गाउँ नजिकैको बागमती नदीमा गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)