बाढी प्रभावित क्षेत्रमा वर्ल्डलिङ्कको इन्टरनेट नकाटिने, पाँच दिनको निःशुल्क टप-अप सुविधा
techpana.com · Thu Aug 27 12:25:24 GMT 2026

काठमाडौं । भीषण बाढीका कारण प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले राहत घोषणा गरेको छ । विपद्को यस घडीमा सञ्चार सम्पर्क टुट्न नदिन कम्पनीले प्रभावित क्षेत्रका ग्राहकहरूको इन्टरनेट सेवा विच्छेद नगर्ने निर्णय गरेको हो ।
वर्ल्डलिङ्कका अनुसार इन्टरनेटको म्याद सकिएका त्रिशूली, गजुरी र गल्छी क्षेत्रका ग्राहकलाई पाँच दिनको निःशुल्क सेवा थप गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)