एमालेले बागमतीमा संसदीय दलका नेता फेर्न लागेको हो, को को हुन् चर्चामा ?
nepalpress.com · Sun Jul 26 04:27:52 GMT 2026

हेटौँडा । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक गठबन्धन सहमतिपछि बागमती प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने भएको छ । यो सहमतिसँगै एमाले प्रदेश संसदीय दलका नेता जगन्नथा थपलिया मुख्यमन्त्री बन्ने पक्का छ । तर नेकपा एमालेले संसदीय दलका नेता नै फेरेर मुख्यमन्त्रीमा अरुलाई अघि सार्ने चर्चापछि एमालेमा नयाँ तरंग आएको छ ।
चितवन १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित थपलिया संसदीय दलको नेता हुन् । उनी यसअघि अर्थमन्त्री भएका थिए भने विभिन्न गठबन्धनमा आलोपालो सहमतिमा मुख्यमन्त्री हुने भनेर वेटिङ लिस्टमा बसेका थिए । कांग्रेससँगको गठबन्धनमा २०८२ चैतपछि एमालेले मुख्यमन्त्री पाउने र थपलिया हुने भनिएको थियो । यसअघि तत्कालीन माओवादीसँग भएको सहमतिमा पनि उनी मुख्यमन्त्रीको वेटिङ लिस्टमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)