पदभन्दा प्रदेशको भविष्य ठूलो भन्दै बिदा भए कर्णालीका मुख्यमन्त्री
annapurnapost.com · Sun Jul 26 04:45:30 GMT 2026

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। उनले कर्णाली प्रदेशमा सुशासनको जग बसाएर योजना किनबेचको दलाली प्रथाको अन्त्य गर्दै योजना बैंकमार्फत योजना छनोट गर्ने विधि र अन्य प्रशासनिक सुधारका कामहरू गरेर करिब २ वर्ष ३ महिनाको कार्यकाल पूरा गरी शनिबार पदबाट राजीनामा दिएका हुन्।
नेपाली काँग्रेस र नेकपाले दर्ता गरेको अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा शनिबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरे। उनले सत्ता र कुर्सीभन्दा प्रदेशको हित ठूलो भएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)