डा. गोविन्द केसीका मागमा सहमति खोजिँदै, धनगढी गयो सरकारी वार्ता टोली
corporatenepal.com · Sun Jul 26 04:59:34 GMT 2026

धनगढी । सत्याग्रहमा रहेका डा. गोविन्द केसीका मागबारे सहमति जुटाउने उद्देश्यले सरकार र उनको पक्षबीच आइतबार पुनः वार्ता हुने भएको छ। सरकारले केही मागप्रति लचकता देखाएपछि दुवै पक्ष समाधानको प्रयासमा जुटेका हुन् ।
वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार धनगढी पुगेका छन् । यसअघि शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका थिए । शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार डा. केसीसँग टेलिफोनमा संवाद गरेपछि वार्ताको वातावरण बनाउन सचिव पौडेललाई त्यहाँ पठाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)