ट्रम्पले रोके इरानमाथिको ठूलो सैन्य हमला, सेनालाई कारबाही स्थगित गर्न निर्देशन
nepalviews.com · Sun Jul 26 05:09:40 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको अहिलेसम्मकै ठूलो सैन्य कारबाहीलाई हालका लागि स्थगन गरेका छन्। द न्युयोर्क टाइम्सका अनुसार, शुक्रबार शीर्ष सल्लाहकार तथा मन्त्रिपरिषद्का सदस्यहरूसँगको उच्चस्तरीय बैठकपछि ट्रम्पले सेनालाई नयाँ ठूला हमलाहरू तत्काल रोक्न निर्देशन दिएका हुन्।
अमेरिकी सैन्य अधिकारीहरूले मध्यपूर्वमा तैनाथ अमेरिकी सेनासँग प्याट्रियट इन्टरसेप्टर मिसाइल र अन्य हवाई रक्षा हतियारहरूको भण्डार गम्भीर रूपमा घट्दै गएको चेतावनी दिएपछि यो निर्णय आएको हो। जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले इरानविरुद्ध ठूलो सैन्य अभियान चलाउँदा मध्यपूर्वमा रहेका अमेरिकी सैनिक र सहयोगी राष्ट्रहरूको सुरक्षा जोखिममा पर्न सक्ने स्पष्ट सल्लाह दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)