नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै
kendrabindu.com · Sun Jul 26 05:13:29 GMT 2026

काठमाडौं । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको ७ वर्षपछि उद्घाटन गर्न लागिएको हो ।
२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)