भीडमाथि गाडी दौडिएपछि एकको मृत्यु, १७ जना घाइते
aarthiknews.com

एजेन्सी । जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भीडमा एक गाडि पस्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घटना टियरगार्टेन पार्क नजिक भएको हो । घटनापछि चालक फरार भएका छन् भने घटनास्थलमा क्षतिग्रस्त अवस्थामा एउटा सेतो गाडी फेला परेपछि प्रहरीले चालकको खोजीका लागि व्यापक अभियान सञ्चालन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)