युवापुस्ताको आन्दोलन- भारतीय राजनीतिमा नयाँ चुनौती
saralpatrika.com · Sun Jul 26 05:36:37 GMT 2026
दक्षिण एसियाली महाद्वीपमा पछिल्ला वर्षहरूमा राजनीतिक र सामाजिक आन्दोलनको स्वरूपमा युगान्तकारी परिवर्तन आएको छ। परम्परागत राजनीतिक दल, स्थापित विचारधारा र जातीय/धार्मिक समीकरणभन्दा माथि उठेर शिक्षा, पारदर्शिता, रोजगारी र प्रशासनिक जवाफदेयितालाई मुख्य एजेन्डा बनाउने नवयुवा पुस्ता जेन – जेड (Gen-Z) को नयाँ लहर सुरु भएको छ। बङ्गलादेश र नेपालपछि गत केही हप्तादेखि भारतमा निट (NEET) प्रश्नपत्र लिकको मुद्दा उठाएर नवयुवा पुस्ताले चलाएको आन्दोलन एउटा उचाइमा पुगेर केही मत्थर भएको छ। संघीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान राजीनामा गर्न बाध्य भए।
सोनाम वाङचुक जस्ता निष्कलंक सामाजिक अभियन्ताहरूको नैतिक समर्थन र ‘कक्रोज जनता पार्टी ( CJP)’ को नाममा सङ्गठित भएको युवा आक्रोशले सशक्त राजनीतिक परिवर्तनको रूप लिने सम्भावना देखिए थियो। यस्तो सम्भावना अद्यापि कायम छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)