प्रनि यादव उत्कृष्ट प्रहरी घोषित
nagariknews.nagariknetwork.com · Sun Jul 26 05:25:41 GMT 2026

नेपाल प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र सुक्ष्म अनुसन्धान र अपराध तथा कसुरमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई पीडितलाई न्याय दिलाउने कार्यमा यादवको निर्वाह गरेको भूमिकाको कदर गर्दै असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो।
ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) उमेश जोशीले विभागीय मूल्य र मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोवलका साथ प्रहरी संगठनको खास कायम राख्न यादवले खेलेको भूमिको कदर गर्दै यादवलाई असार महिनाको उत्कृष्ट प्रहरीको रूपमा सम्मानित गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)