नेपाल कस्टम यार्डमा महँगो ‘ग्राउन्ड ह्यान्डलिङ’, र्याकमै साढे चार लाखको फरक
baahrakhari.com · Sun Jul 26 06:10:30 GMT 2026

काठमाडौं । मोरङको विराटनगर कस्टम यार्ड (एनसीएम)सम्म रेलबाट सरसामान ल्याउन सुरु भएको छ । भारतको कोलकाताबाट हिँडेको कार्गो रेल यही साउन ४ मा नेपाल कस्टम यार्ड आइपुगेको थियो । ४० कन्टेनरमा स्वस्तिक आयलले ‘क्यानोला ग्रेन’ आयात गरेको थियो ।
तर, ‘ग्राउन्ड ह्यान्डलिङ’सहितका अरू शुल्क भारतीय कस्टम यार्ड (आईसीवाई)को भन्दा महँगो पर्ने देखिएको व्यवसायी बताउँछन् । उद्योगी पवन शारडा भन्छन्, “कन्टेनरमा भारत र तेस्रो देशबाट एकैपटक ठूलो परिमाणमा औद्योगिक कच्चापदार्थ र अन्य वस्तु ल्याउन सजिलो त भयो, तर तिनलाई रेलबाट झार्न र कन्टेनर नै उद्योग परिसरसम्म लैजान लाग्ने खर्च भारतमा भन्दा महँगो पर्ने रहेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)