त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार गर्न सेनासहितको प्राविधिक टोली घटनास्थलमा
himalpress.com · Sun Aug 30 04:52:58 GMT 2026

काठमाडौँ- त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको हो ।
टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको छ । साथै, उद्धार कार्यमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)