एक वर्षमा भित्रिए १२ लाख पर्यटक, २५ प्रतिशत भारतीय
onlinekhabar.com · Sun Jul 26 07:01:46 GMT 2026

१० साउन, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । कुल आगमनमध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ । भारतपछि अमेरिका (१११,३२५) दोस्रो तथा चीन (१०९,८९२) तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)