प्रश्नपत्र लिक घटनाको छानबिन समितिमाथि नै प्रश्न
ratopati.com · Sun Jul 26 07:46:21 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठेको छ । परीक्षा केन्द्र तोक्ने अख्तियारी पाएको त्रिवि व्यवस्थापन डिन कार्यालयले आफैँ छानबिन समिति गठन गर्दा यसको निष्पक्षतामाथि प्रश्न उठेको हो ।
त्रिविका एक अधिकारीले परीक्षा केन्द्रको अन्तिम निर्णय लिने निकाय डिन रहेको र यो घटनाको छानबिन कमिटी समेत डिन कार्यालयबाटै भएकाले यसको निष्पक्षतामाथि प्रश्न रहेको बताए । उनले भने– ‘आफैँ झाँक्री आफैँ बोक्सी भन्या जस्तो दिन कार्यालय नै दोषी भएर उसले आफैँले समिति बनाएर छानबिन हुन्छ भन्ने कुरा कतिको सान्दर्भिक हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)